प्रभु महालक्ष्मी लाइफको जनकपुर शाखाद्वारा प्राणघातक रोग विरुद्ध दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखाले प्राणघातक रोग विरुद्ध दावी भुक्तानी गरेको छ ।
कम्पनीले धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १३ नयाँ टोल प्रसाही निवासी बीमित आमिर राईनलाई १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीका अनुसार बीमितले दुई बर्ष अगाडि बीमाङ्क रकम १४ लाखको बीमा गराएका थिए भने दुई किस्तामा १ लाख २३ हजार ३०६ रुपैयाँ बुझाएका थिए ।
कम्पनीको जनकपुर शाखा तथा वडा अध्यक्ष देब नारायण महतोको अध्यक्षतामा स्थानीयहरुको माझमा जीवन बीमा सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथी सबैला नगरपालिकाको उप–मेयर रहिमा खातुनले एक घर एक घरमुलीको बीमा गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा बिशेष अतिथीको रुपमा कम्पनीका उपक्षेत्रीय प्रमुख एल. बि. थापा मगरले जीवन बीमाको विभिन्न फाइदाहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, शाखा प्रमुख राम बरण मण्डलले जनमानसमा जीवन बीमा दाबी भुक्तानीमा असहजता भएको गुनासो प्रती सहजताको प्रक्रियाको बारे प्रकाश पार्नुको साथै जीवन बीमा गराउनको लागि अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा सहभागी स्थानीयहरुले यसरी घर घरमा आएर दाबी भुक्तानी गर्दा बीमक र बीमितबीचको दुरि कम भएको महसुस गर्न सकिने बताएका थिए । कार्यक्रममा जनकपुर शाखाको वरिष्ठ एजेन्सी म्यानेजरहरु राम सागर राय, राज नारायण यादव, कौशल्या कुमारी महतो, सीता शरण महतो, रोशन घतानी, राज कुमार महतो, एजेन्सी म्यानेजरहरू मो. सिराजुल आलम, दिलिप कुमार कापर ,कुलदिप महतो, रन्जिता कुमारी बौकाजि लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।