आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

२१ आश्विन २०८०, आईतवार १०:१०

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९।०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५।४९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८।६० प्रतिशतले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५।२२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।४५२६ प्रतिशतले हुन आउने ३९ लाख ३५ हजार ९४०।२७ रुपैयाँबराबरको नगद लाभांश छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*