यस साता कस्तो रह्यो शेयर बजार ?

२० आश्विन २०८०, शनिबार १८:१७

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २००४।३० विन्दुमा बन्द भएको नेप्से, यस साता २।३६ प्रतिशत अर्थात ४७।३८ अंक घटेर १९५६।९२ विन्दुमा झरेको छयस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साताको सोमबार र बुधबार नेप्से सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ९।५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३।२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।३३ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ९५ करोडको शेयर कारोबार भएको बजारमा, यस साता दैनिक औषतमा १ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५३ करोड अर्थात २७।५६ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३७।७३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०।३२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ३८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५४ अर्ब अर्थात १।८० प्रतिशत घटेर २९ खर्ब ८३ अर्बमा सीमित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*