अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कस्को कति ?
२० आश्विन २०८०, शनिबार ०९:००
काठमाडौं । साता काराबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बजार घटेसँगै माइक्रोफाइनान्स उपसूचक पनि ०.४८ प्रतिशतले घटेको छ ।
बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट कुल ५४ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३५ कम्पनीहरुको शेयरमूल्य घटेको छ । चार कम्पनीहरुको शेयरमूल्यमा भने कुनै हलचल आएको छैन् ।
बिहीबार हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढेको छ भने इन्फिनिटी लघुुवित्तको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले घटेको छ । सोही दिन आत्मनिर्भर लघुवित्तको शेयर कारोबार सर्वाधिक १ हजार ९६३ रुपैयाँमा भएको छ भने समाज लघुवित्तको सर्वाधिक कम ८३ रुपैयाँमा शेयरमूल्य कायम भएको छ ।