अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा ११ अंकको गिरावट आएको थियो । नेप्सेमा गिरावट आएसँगै जीवन तथा निर्जीवन बीमा उपसूचक पनि घटेको छ ।
जीवन बीमा
बिहीबार जीवन बीमा उपसूचक ०।५८ प्रतिशतले घटेको हो । उक्त दिन जीवन बीमा क्षेत्रबाट कुल ११ कम्पनी कारोबारमा आएका थिए । जसमध्ये १० कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ भने एकमात्र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ०।३० प्रतिशतले बढेको छ ।
बिहीबार सूर्यज्योती लाइफको शेयरमूल्य सर्वाधिक १।६१ प्रतिशतले घटेको छ । सोही दिन लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य सर्वाधिक १ हजार ३८० मा कारोबार भएको थियो भने सर्वाधिक कम हिमालयन लाइफ इन्स्योरेन्सको ४१६ रुपैयाँ ५० पैसामा शेयर कारोबार भएको थियो ।
निर्जीवन बीमा
बिहीबार निर्जीवन बीमा उपसूचक ०।५० प्रतिशतले घटेको छ । उक्त दिन निर्जीवन बीमा सेक्टरबाट १२ कम्पनी कारोबारमा आएकोमा १० कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी दुईको बढेको छ ।
बिहीबार राष्ट्रीय बीमा संस्थानको शेयरमूल्य ०।५१ र सिद्धार्थ प्रिमियरको ०।१४ प्रतिशतले शेयरमूल्य बढेको हो । सोही दिन राष्ट्रीय बीमा संस्थानको शेयर कारोबार सर्वाधिक १३ हजार ९८१ रुपैयाँमा भएको थियो भने आईजीआई प्र्रूढेन्सियलको सर्वाधिक कम ४९७ रुपैयाँमा भएको थियो ।