फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको गिरावट, कुनको कति ?(सूचीसहित)

१९ आश्विन २०८०, शुक्रबार १३:३४

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा दोहोरो अंकले घटेको छ । अघिल्लो साता २००४ मा बन्द भएको शेयर बजार यो साता १९५६ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा सामान्य अंकले गिरावट भएको देखिन्छ ।

बिहीबार फाइनान्स इन्डेक्स ० दशमलव ५१ प्रतिशत अर्थात ८ रुपैयाँले घटेर एक हजार ७२२ को विन्दुमा कायम भएको छ । फाइनान्सको शेयर मूल्य २८५ रुपैयाँदेखि माथिदेखि साढे ५४० रुपैयाँ मुनि नै रहेका छन् । यो साता कारोबार भएका १ वटा फाइनान्सको शेयरमूल्य बढ्दा १२ फाइनान्सको शेयर मूल्यमा गिरावट आई कारोबार बन्द भएको छ ।

फाइनान्सहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य गोर्खाज फाइनान्सको रहेको छ । त्यस्तै, मन्जु श्री फाइनान्स, आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स लगायतको शेयरमूल्य बढी रहेको छ । यसका साथै समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स तथा प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक कम रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*