नेको इन्स्योरेन्सको विशेष साधारण सभा आज, २५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

१९ आश्विन २०८०, शुक्रबार १०:४९

काठमाडौैं । नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले विशेष साधारण सभा आज विहान ११ बजे, लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा आयोजना गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले २५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित सभा बोलाएको हो । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । सभा प्रयोजनका लागि असोज १० गते बुक क्लोज हुने भएकाले असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भाग लिन पाउनेछन् ।

नेकोको हाल चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । यस पुँजीमा २५५ हकप्रद सेयर जारी हुँदा चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*