प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

१९ आश्विन २०८०, शुक्रबार १०:२६

काठमाडौं । प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

संस्थापक शेयरधनी शुशिला देवी सिंघानियाको नाममा रहेको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको नाममा रहेको ५ हजार कित्ता र नितु अग्रवालको नाममा रहेको ४ हजार २६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । सो शेयर खरिद गर्न इच्छुक जो–कोही व्यक्ति वा संस्थाले १५ दिनभित्र कागजात सहित बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*