कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

१९ आश्विन २०८०, शुक्रबार १०:१२

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी लोकमाया गुरङको नाममा रहेको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको नाममा रहेको ३ हजार ४५३ कित्ता र भरत बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन पेश गर्न सक्नेछन् ।

सो शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*