कस्तो छ गभर्नर अधिकारीले सिग्नेचर गरेको २० रुपैयाँ ?, आजदेखि चल्तीमा आउँदै

१९ आश्विन २०८०, शुक्रबार ०९:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि विक्रम संवत २०७९ लेखिएको २० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले पहिले कै आकार र रंगमा संकेत नम्बर ८७ ठ ०००००१ देखि १८ त ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।

नोटको अग्रभागमा बाँयातर्फ सरगमाथाको चित्र, दायाँतर्फ लालीगुरासको पानी छाप रहेको छ भने गभर्नरको दस्तखत रहने स्थानमा वहालवाला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर देखिने छ ।

नोटको तल्लो भागको बोर्डरमा नोेटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको हुनेछ । यस्तै, नोटको पृष्ठ भागतर्फ मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’, मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र, तल्लो भागमा अंग्रेजीमा ‘रुपिंज ट्वेन्टी’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजी संवतको ‘२०२३ ए.डी.) लेखिएको देखिनेछ ।

र, यो पल्टको बडा दशैँमा सर्वसाधारणले राष्ट्र बैंकले हालसालै जारी गरेको २० का सुकिला नोट सटही गर्न पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*