नबिल बैंक र सिटिजन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?
१८ आश्विन २०८०, बिहीबार १५:०६
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दाहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ९ अंकले बढेको शेयर बजार आज ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँग कारोबार रकममा पनि गिरावट आएको छ । आज सिटिजन लाइफको चार करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसका साथै, नबिल बैंकको तीन करोड १८ लाख रुपैयाँ, सोल्टी होटलको तीन करोड रुपैयाँ, सन नेपाल लाइफको तीन करोड ३ लाख रुपैयाँ र हिमालयन लघुवित्तको तीन करोड रुपैयाँको शेयर कारोबार भएको छ ।