सन नेपाल लाइफको बिरगंज शाखाद्वारा १३ लाख रुपैयाँ दावी भुक्तानी
१८ आश्विन २०८०, बिहीबार १४:५८
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले स्वर्गिय बीमित सलमान अंसारीको १३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।
कम्पनीका बीमिति अंसारी बिदेश गई फर्केर स्वदेशमै रहेको बेला काम गर्ने शिलशिलामा चार तल्लाबाट लडी अस्पतालमा लैजाने क्रममा बिरगंज १४ पर्सा निवासी स्व सलमान अंसारीको मृत्यु भएको कम्पनीले जनाएको छ ।
उक्त दावी भुक्तानी कम्पनीका बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले मृतकका बुवा अबुलैस अंसारीलाई मृतकका दाइ साबिर आलम अंसारीको उपस्थितीमा चेक हस्तान्तरण गरेका हुन् ।