हिमालयन लाइफको झण्डै चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१८ आश्विन २०८०, बिहीबार १४:४४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहतर्फको ३ लाख ७७ हजार २३९ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*