रिलायबल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

१८ आश्विन २०८०, बिहीबार १४:०८

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट पाइने भएको छ ।

कम्पनीले नवीकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

यो अफर असोज १७ गतेदेखि असोज ३० गतेसम्म लागु हुनेछ । यस्तो छुट बीमा अवधिभरका लागि एक पटक मात्र पाईने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*