माई खोला हाइड्रोपावरको साधारण सभा आज बस्दै

१८ आश्विन २०८०, बिहीबार ०९:२०

काठमाडौं । माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा असोज १८ गते अर्थात आज बस्दैछ । कम्पनीले उक्त सभा अब लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७९८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*