सिन्धु विकास बैंकमा रोजगारको अवसर
१८ आश्विन २०८०, बिहीबार ११:०४
काठमाडौं । सिन्धु विकास बैंकले ब्रान्च मेनेजर जुनियर अफिसर तथा एनआरबी रिर्पोटिङ सुपरभाईजरमा आवेदन खुलाएको छ ।
ब्रान्च मेनेजरका लागि कम्तिमा म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको, सम्बन्धित क्षेत्रमा पाँच वर्षको कार्यानुभव भएको र उमेरका हकमा ४० नकटेको हुनुपर्नेछ ।
साथै, एनआरबी रिर्पाेटिङ सुपरभाईजरका लागि म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव भएको र ३० वर्ष उमेर नकटेको हुनुपर्ने बैंकले जनाएको छ ।
आवेदन दिन योग्य एवम् इच्छुक जोकोहीले आवश्यक कागजातसहित असोज १८ गतेसम्म [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।