नेपाल पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिने
१८ आश्विन २०८०, बिहीबार १०:४४
काठमाडौं । विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको पाँच लाख कित्ता शेयरमा आजदेखि गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य २८५ रुपैयाँ तोकेको छ । शेयर खरिदको लागि न्यूनतम १ लाखका लागि र अधिकतममा ५ लाखको लागि आवेदन दिन सकिनेछ ।
सो शेयर खरिद गर्न इच्छुक जोकोहीले आज (असोज १८ गते) देखि असोज २६ गतेसम्म आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर विवरण र रकम समेत खुलाई कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।