सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१८ आश्विन २०८०, बिहीबार १०:१७

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ । बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागेको हो ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

सर्वसाधारणलाई कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*