साउनको तुलनामा भदौ महिनामा जीवन बीमा शुल्कमा उच्च गिरावट, कसको अवस्था कस्तो ?

१७ आश्विन २०८०, बुधबार १६:१९

काठमाडौं । भदौं महिनाको जीवन बीमा व्यवसायमा उच्च अंकको गिरावट आएको छ । गत साउन महिनाको तुलनामा भदौं महिनाको जीवन बीमा व्यवसायमा ५१.४३ प्रतिशतले तल झरेको हो । नविकरण बीमा शुल्क र प्रथम बीमा शुल्कसहितको कूल बीमा शुल्कमा भदौं महिनामा निराशाजनक तथ्याङ्क आएको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल लाइफसहितका जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा भारी गिरावट आएको हो । गत साउन महिनामा पाँच अर्ब २२ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको नेपाल लाइफले भदौं महिनामा जम्मा दुई अर्ब ७८ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, दोस्रो ठूलो कम्पनी एलआईसी नेपालको पनि साउनको तुलनामा भदौं महिनामा कूल बीमा शुल्क ४०.९१ प्रतिशतले तल झरेको छ । कम्पनीले अघिल्लो महिना एक अर्ब ९२ करोड कूल बीमा शुल्क संकलन गरेकोमा भदौं महिनामा एक अर्ब १३ करोड मात्रै संकलन गर्न सफल भएको छ । त्यस्तै, नेशनल लाइफको कूल बीमा शुल्क साउन महिनाको तुलनामा भदौंमा ३९.०७ प्रतिशतले घटेर एक अर्ब १० करोडमा सीमित भएको छ । चौथो कम्पनीको रुपमा हिमालयन लाइफको कूल बीमा शुल्क ४७.३५ प्रतिशतले घटेर एक अर्ब दुई करोडमा सीमित हुन पुगेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले ५४ करोड कूल बीमा शुल्क भदौं महिनामा संकलन गर्दा सिटिजन लाइफले ४३ करोड, मेट लाइफले ४२ करोड, एशियन लाइफले ४० करोड, सानिमा रिलायन्सले ३४ करोड, रिलायबल नेपाल लाइफले २९ करोड, प्रभु महालक्ष्मी लाइफले २८ करोड, सन नेपाल लाइफले २८ करोड, आइएमई लाइफले २३ करोड र राष्ट्रिय बीमा संस्थानले २२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*