दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
१७ आश्विन २०८०, बुधबार १५:१४
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंकले बृद्धि भएसँगै दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मध्ये भोटेकोशी जलविद्युत र बुद्ध भुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसका साथै, इन्फिनिटी लघुवित्तको ९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ७.६२ प्रतिशत, दिव्यश्ररी हाइड्रोपावरको ७.५८ प्रतिशतले बृद्धि भएको छ ।