जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा आर्जन गरे २९ अर्ब बढी बीमाशुल्क, कुनले कति ? (तथ्यांकसहित)

१७ आश्विन २०८०, बुधबार १४:२४

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २९ अर्ब १२ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको भदौ महिनामा २६ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ११ दशमलव ८५ प्रतिशतले बृद्धि भएको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमा शुल्क आर्जन सबैभन्दा बढी ३२५ प्रतिशतले बृद्धि भएको छ । प्रकाशित वित्तीय विवरण कम्पनीले भदौ महिनामा तीन अर्ब ५६ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।

दोस्रो नम्बरमा रहेको प्रभु महालक्ष्मी लाइफको कुल बीमा शुल्क आर्जन २१ दशमलव ८० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले साउन महिनामा ८२ करोड ४९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

आइएमई लाइफको कुल बीमा शुल्क आर्जन २० दशमलव ७५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीवले भदौ महिनामा ७६ करोड ३१ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

रिलायबल नेपाल लाइफ भदौ महिनामा कुल बीमा शुल्क बृद्धिको आधारमा चौथो स्थानमा रहेको छ । कम्पनीले भदौ महिनामा ६७ करोड ५५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ३८ प्रतिशतले बृद्धि भएको छ ।

सानिमा रिलायन्स लाइफ भदौ महिनामा कुल बीमा शुल्क बृद्धिको आधारमा पाँचौ स्थानमा रहेको छ । कम्पनीले भदौ महिनामा एक अर्ब १ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ५५ प्रतिशतले बृद्धि भएको छ ।

भदौ महिनामा हिमालयन लाइफको ७ प्रतिशत, नेपाल लाइफको ४ दशमलव ९२ प्रतिशत, एशियन लाइफको ० दशमलव ८४ प्रतिशतले व्यवसाय बृद्धि भएको भएको बीमा प्राधिकरणले आज प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, यस अवधिमा सूर्यज्योति लाइफको ६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४ प्रतिशत, मेट लाइफको ० दशमलव ८४ प्रतिशत र नेशनल लाइफको ९ प्रतिशतले घटेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*