इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको टर्चरपछि तत्कालीन मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालीन मेगा बैंक हेटौडा शाखाका प्रमुख निरन्जन देवकोटाले सोमबार साँझ वर्षेभेल उर्लिरहेको त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन । सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिुशली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङक प्रहरी प्रमुख गौतम मिश्रका अनुसार सोमबार साँझै नै माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी घटनास्थल पुग्दा बा.प्र ०३-००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला मात्रै फेला पर्‍यो । निराजनको अवस्था पत्तो लागेन । मंगलबार दिनभर खोजी गर्दा उनको शव नभेटिएको प्रहरीको भनाई छ । मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटाले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाइका कारण राजीनामा दिएका थिए । मर्जरपछि राजीनामा दिइसकेका उनलाई बैंक सञ्चालकहरुले नउठेका ऋणको छानविन गर्न भन्दै पटक-पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिएका बताइन्छ । त्यसरी टर्चर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता … Continue reading इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको टर्चरपछि तत्कालीन मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !