सोनापुर मिनरल्सको आईपीओमा कति पर्यो आवेदन ?

१६ आश्विन २०८०, मंगलवार १७:४६

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा तेश्रो दिनसम्म ७ लाख भन्दा बढीको आवेदन परेको छ । आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा ७ लाख ३२ हजार ९५३ आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको आईपीओबाट कम्पनीले २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८४७ रूपैयाँ संकलन गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ भर्ने असोज १७ गते अथवा भोलि अन्तिम दिन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*