मर्चवारीमा आयोजित बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको मर्चवारी गाउँपालिकामा आयोजित बीमा सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले स्थानिय सरकारले बीमालाई नीतिमै राखेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । नेपाल प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख थापाले अबको दिनमा बीमा सम्बन्धि अधिकांश कामहरु स्थानिय तहबाटै हुने भएकोले यसबारे स्पष्ट भई नीतिमै समावेश गर्नुपर्ने बताएका थिए ।
उनले स्थानीय सरकार जनताको अभिभावक भएकाले बीमालाई अनिवार्य गरेर सेवा प्रवाह गरेमा जोखिम न्यूनीकरण हुने र कृषि बीमा, लघु बीमा लगायतका स्थानिय तहहरुबाट नै सञ्चालन गरिने तयारी भईरहेको जानकारी दिएका थिए । स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने भन्दै थापाले बीमा दाबीका लागि सिफारिस दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिस दिन आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गया बरईले नागरिकको जीवन तथा सम्पत्तिको जोखिम हस्तान्तरण गरी आर्थिक संरक्षण गर्नका लागि बीमालाई प्राथमिकताका साथ अगाडि बढाइने बताएका थिए । उनले कृषि, स्वास्थ्य, लघु एवम् अन्य बीमाहरुलाई लक्षित गरि पालिकाका सबै वडाहरुमै हेल्प डेस्क राखिदिन प्रमुख थापालाई आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयसँगको समन्वयमा जीवन तथा निर्जीवन बीमालाई प्रभावकारी रूपले अगाडि बढाउने र त्यसमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रम मर्चवारी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका प्रतिनिधि लगायतको सहभागितामा सम्पन्न भएको थियो ।