शिखर इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने, आवेदन दिन के–के चाहिन्छ कागजात ? (सूचनासहित)

१६ आश्विन २०८०, मंगलवार १६:२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो ।

उक्त तालिम असोज २४ गतेदेखि २७ गतेसम्म कम्पनीको केन्द्रीलय कार्यालय थापाथली काठमाडौमा सञ्चालन हुने भएको छ । तालिम बिहान ७ बजेदेखि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

उक्त निर्जीवन बीमा अभिकर्ता तालिममा शैक्षिक योग्यता पुगेका व्यक्तिहरुले कम्पनीको केन्द्रीय कार्यालय वा क्षेत्रिय कार्यालयमा असोज २२ गते भित्र सम्पक गर्न कम्पनीले आग्रह गरेको छ ।

यी हुन आवेदन दिन आवश्यक कागजात

१. तालिमका लागि आवेदन
२. नेपाली नागरिकता र प्यान कार्डको प्रतिलिपि
३. एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरेको प्रमाणपत्र
४. पासपोर्ट साइजको फोटो
५. संस्थाको हकमा संस्थाले कुनै एक सञ्चालकको नाम तालिमका लागि सिफारिस गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*