दोहोरो अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

१६ आश्विन २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको छ । नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ ।

मंगलबार ट्रेडिङ उपसूचक सर्वाधिक १.४७ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर उपसूचक १.३८, फाइनान्स उपसूचक १.२७, होटल तथा पर्यटन उपसूचक १.२३, विकास बैंक उपसूचक १.२२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*