नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

१६ आश्विन २०८०, मंगलवार १२:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र यस दिन नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात बुधबारदेखि नेप्सेमा सो ऋणपत्र कारोबार गर्न सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*