अपि पावरको झण्डै १२ लाख कित्ता हकप्रद शेयर बिक्रीमा
१६ आश्विन २०८०, मंगलवार १०:५९
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गरी लिन योग्य तथा इच्छुक जो–कोहीले असोज २४ गतेभित्र प्रति कित्ता खरिद गर्न चाहेको दर सहित अन्य सबै विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ ।
सो शेयर खरिदका लागि बोलपत्र आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाडौं तथा शाखा कार्यालयहरु– ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेश गर्न सकिने कम्पनीले जनाएको छ ।