प्रचण्डका घरबेटीसहित २० ठेकेदार परे कालोसूचीमा (विवरणसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारी संलग्न कम्पनीसहित २० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी ति कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एम–एस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
खरिद अनुगमन कार्यालयले एम–एस चिपेल हैदरावाद, भारतलाई पनि तीन वर्षलाई कालोसूचीमा राखेको छ। यसका मुख्यव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी भनेर चिनिएका शारदा अधिकारी र प्रवेज खान हुन् । शारदा अधिकारी निर्माण कार्य समयमा सम्पन्न नगर्ने ठेकेदारको रुपमा चित्रित छन् ।
सफबन वाटर सर्भिस, आइएसजी इन्फरर्मेसन सर्भिसेनज ग्रुप, अरभान कन्स्ट्रक्सनलाई पनि तीन–तीन वर्ष कालोसूचीमा राखिएको छ। यस्तै, शिवालय बिल्डर्स, स्काई–वाइवा एण्ड लामा÷जानकी जेभी, नागार्जुन–शंकरमाली जेभी दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।