नेपालको परिप्रेक्षमा लघु जीवन बीमा
हामी जो कोहि पनि भविष्यको बारेमा अनविज्ञ छौँ । अझै नेपाल यस्तो भूपरिवेष्ठित ठाउँमा अवस्थित छ कि जहाँ विभिन्न किसिमका प्रकृतिक जोखिमः भूकम्प, बाढी पहिरो तथा मानव सिर्जित जोखिमबाट हुने दूर्घटनाका जाखिममा सधै रहन्छ। तत्थाङ्क हेर्दा पनि नेपालमा ३० प्रतिशत मृत्यु विभिन्न दूर्घटना एवं प्रकृतिक विपत्तिबाट हुने गरेको छ ।
त्यस माथि पनि परिवारको मुख्य व्यक्तिको आकस्मिक निधन, पूर्णरुपले अङ्गभङ्ग भई अशक्त हुदाँ परिवारका अन्य सदस्यहरुको विचल्लित हुनुपरेका दृश्टान्तहरु हाम्रा नेपाली समाजमा रहेको छ ।मृत्य एक सास्वत सिद्धान्त हो र जन्मे पछि एक दिन मृत्य निश्चित छ । यस्तो अवस्थामा आर्थिक सुरक्षा एक महत्वपूर्ण पाटोको रुपमा रहन्छ ।
आर्थिक सुरक्षाको धेरै साधनहरु उपलब्ध छन् र एक सुरक्षित एवम् आर्थिक जोखिम बहन गर्ने उपयुक्त साधनको रुपमा बीमा पर्दछ । विकसित देश तिर बीमालाई दैनिक जीवनको एक अभिन्न पाटोको रुपमा लिइन्छ र सेवा उपयोग गरिन्छ तर नेपाल जस्तो अल्पविकशित देशमा बीमा शिक्षानै निकै कम छ ।आज पनि हाम्रो समाजमा बीमा के हो र यसको के महत्व के छ? किन गर्ने बीमा ? बीमा गर्दा के फाईदा हुन्छ ? भन्ने मनसाय बोकेका धेरै व्यक्तिहरु पनि पाईन्छन् । आम नेपाली समुदायमा आजसम्म पनि बीमा सम्बन्धी ज्ञानको अभाव रहेको छ ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको २०८० भाद्रमा जारी गरेको तथ्यांक अनुसार बीमालेख बिक्री संख्या र जनसंख्याबीच तुलनाका आधारमा अहिले बीमाको दायरामा समेटिएको जनसंख्या ३९.०३ प्रतिशत रहेको छ ।अझै न्यून आय भएका व्यक्ति, गरीबीको रेखामुनी रहेको वर्ग, विपन्न वर्ग, श्रमिक वर्गहरुमा बीमाका अवधारण नै पुगेको छैन। बीमाको पहुँच पुगेका ठाँउहरुमा पनि आर्थिक अभावका कारण पहुँचबाट टाढा छन् ।
नेपाल सरकारले बीमक कम्पनीहरुलाई आफ्नो कुल बीमाको १० प्रतिशत बीमालेखहरु न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गर्नुपर्ने प्रवधान पनि जारी गरेको छ तर पनि सो नेपालका धैरै जनसङख्या बीमाको पहँुचबाट बञ्चित छन् ।
हाल नेपालमा बीमाका दायरा साँघुरो हुनु, ग्रामीण क्षेत्र, न्यून आय र विपन्न वर्गसम्म बीमाका पहुँच न्यून हुनु, बीमा जोखिम न्यूनीकरणको उपायको रुपमा सर्वसाधरणमाझ परिचित नहुँनु, सर्वसाधरण नागरिकलाई बीमाप्रति विश्वस्त बनाउन नसक्नु, बीमा जालसाजी नियन्त्रण गर्न संरचनागत व्यवस्था राम्रो नहुनु र सरल तथा शीघ्र दाबी भुक्तानी प्रणालीको राम्रो विकास नहुनु बीमा क्षेत्रका प्रमुख समस्याका रुपमा रहेका छन् ।
यसैलाई मध्यनजर गर्दै पन्ध्रौं योजना मार्फत सरकारले बीमाका दायरा खुकुला पर्दै ग्रामिण क्षेत्र, न्यून आय र विपन्न वर्ग लगायत आम नेपालीको पहुँचमा लघु बीमा योजनाको माध्यमबाट बीमाको सेवा पु¥याउने लक्ष्य लिए सँगै हाल नेपालमा लघु बीमा कार्यक्रम तथा लघु बीमा कम्पनीहरु स्वीकृत भएका छन् ।
यसका साथै नेपाल सरकारको २०८०।०८१ को नीति तथा कार्यक्रममा लघु जीवन बीमालाई न्यून आय भएका विपन्न वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्य तथा श्रम ऐन २०७४ अन्तर्गत हरेक श्रमजीवि नागरिकहरुलाई जीवन बीमा मार्फत आर्थिक सुरक्षण सुनिश्चित गर्ने नीति लिएको छ । नेपाल बीमा प्राधिकरणले पनि आम नेपालीलाई बीमाको दायरा भित्र ल्याई नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्न लघु बीमा निर्देशिका २०७९ जारी गरिसकेको छ ।
यसै सन्दर्भमा हाल नेपालमा तीन लघु जीवन बीमा सेवा प्रदाय कम्पनीहरु प्राधिकरणको स्वीकृत पश्चात सञ्चालनमा छन् । नेपालमा लघु जीवन बीमा कम्पनीहरुलाई आम नेपालीको पहुँचमा जीवन बीमा सेवा पुर्याउन दुबै चुनौती तथा अवसर रहेका छ ।
विशेषत लघु बीमाको दायरा भित्र पर्ने न्यून आय भन्नाले कतिसम्मको आय हो, गरिव भन्नाले कस्तो नागरिक हो आदि जस्ता मूलभूत कार्य क्षेत्रको सहि विलेश्षण नहुँदा लघु बीमा सेवा प्रदायहरुलाई आफ्नोे कार्य क्षेत्र यकिन गर्न गाह्रो देखिन्छ ।
साथै, हाल सञ्चालनमा रहेका ठूला बीमा कम्पनीहरुले लघु बीमा सम्बन्धी कार्य गरी रहेको सन्दर्भमा नयाँ लघु बीमा कम्पनीहरुलाई चुनौतीको रुपमा रहेको देखिन्छ ।
यसका बाबजुत पनि नेपाली समाजमा जीबन बीमा सम्बन्धि विषयको ज्ञान खासै भएको देखिदैन । आम नागरिकले बीमा गर्नु एक खर्चको रुपमा मात्र लिने गरेको देखिन्छ र बीमा सेवा प्रदायकहरु पनि सेवाको भावन भन्दा पनि कसरी धेरै भन्दा धेरै बीमालेख जारी गर्न सकिन्छ र नाफा आर्जन गर्न सकिन्छ भन्ने उद्देश्य तिर प्रेरित भएको देखिन्छ ।
यसका वाबजुत हाल सञ्चालनमा आइसकेका केही लघु जीवन बीमा कम्पनीहरुले समाजको तल्लो तहसम्म पुगेर बीमाको सहि जानकारी समाजमा पुराई, विद्युतीय प्रणालीको उच्चतम उपयोगबाट बीमा सम्बन्धिका सम्पूर्ण कार्यहरु गरिरहेका छन् । यसले गर्दा नेपाल सरकारले लिएको लक्ष्य हाँसिल गर्न मद्दत पुग्ने देखिन्छ ।स्थानिय निकायहरुसँगको सहकार्य राम्रोसँग हुनेहो भने अझै प्रभावकारी ढंगले यो अगाडी बढ्ने देखिन्छ ।
लघु बीमक कम्पनीहरुले जारी गरेका विद्यतीय Digital App बाट बीमा सम्बन्धी सम्पूर्ण कार्यहरु अव दिनमा आम नेपालीहरुले घरमा नै बसी आफ्नो बीमा आफैं गर्न पाउँछन् । यसरी नेपालको हरेका घर घरमा बीमा कार्यक्रम पुर्याउन सकिन्छ । आगामी दिनमा यसको प्रभावकारीता अझै बढ्ने देखिन्छ ।
लेखक प्रद्युम्न पौडेलको फेसबुकबाट
एकदमै राम्रो विचार संदर्भ प्रष्टता सँग विमोचन गर्नुभयो सर । हो हामी सबैले लघु बीमा बुझउनुपर्ने कुरा हो । यस्तै यस्तै लेख फेरि पनि पढ्न पाउ।