नाडा अटो शोको कारण एक महिनामै ८७ प्रतिशतले बढ्यो सवारीसाधनको बीमा

१५ आश्विन २०८०, सोमबार १७:४७

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा अटो शो) को कारण सवारीसाधनको बीमा एक महिनामै ८७ प्रतिशतले बढेको छ।आर्थिक मन्दीका कारण चार बर्षपछि सुरु भएको नाडा अटो शोमा सर्वसाधारणको आकर्षण यस बर्ष केही फरक नै रहेको छ।

इभी गाडी नै मुख्य केन्द्रविन्दुमा राखेको नाडा अटो शोको कारण मोटर बीमा दोब्बरले बढेको प्रभु इन्स्योरेन्सका सिर्ईओ सञ्चित बज्राचायले बताएका छन् ।भव्यतका साथ सम्पन्न उक्त मेलामा ७०० देखि ८०० युनिटसम्म गाडीहरु बुकिङ भएको आयोजकले जनाएको छ। त्यसमा पनि ७० देखि ८० प्रतिशत सबै इभी छन्। इन्धन सवारीको हकमा भने २० प्रतिशतसम्म मात्र बुकिङ भएका छन्।

गाडीको बुकिङसँगै मोटर बीमालाई चलायमान बनाउने बीमा अधिकारीहरु बताउँछन्।

अटो शोको कारण सवारीसाधन एवं मोटर बीमा गर्नेको संख्या एक महिनामा नै ८७ प्रतिशतले बढेको छ । साउनमा निर्जीबन बीमा कम्पनीले १ लाख २४ हजार ६७५ वटा मोटर बीमा गरेका थिए । साउनको तुलनामा भदौमा मोटर बीमा ८७।५७ प्रतिशतले बढेको छ । भदौमा २ लाख ३३ हजार ८६० वटा मोटर बीमालेख जारी भएका छन् ।

२ लाख २ लाख ३३ हजार ८६० बीमालेख जारी गरी बीमा कम्पनीले १ अर्ब ९८ करोड ८१ लाख ११ हजार बराबरको बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुले साउनमा १ लाख २४ हजार ६७५ बीमालेख बिक्री गरेर १ अर्ब ९ करोड ७४ लाख ६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

बीमा प्राधिकरणकाअनुसार सबैभन्दा बढी मोटर बीमा बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशले १ लाख १५ हजार ६१ वटा बीमालेख बिक्री गरेर १ अर्ब १२ करोड ३३ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै गण्डकी प्रदेशबाट २४ हजार ५५६ वटा बीमालेख जारी गरेर १८ करोड ५७ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा २६ हजार २२३ वटा बीमालेख जारी भएर १८ करोड ३९ लाख ७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । मधेश प्रदेशमा १९ हजार ३९७ वटा बीमालेख जारी भएर १४ करोड ४९ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

यस्तै लुम्बिनी प्रदेशमा ३३ हजार ८१८ वटा बीमालेख जारी भएर २५ करोड २३ लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

कर्णाली प्रदेशमा २ हजार ९४३ वटा बीमालेख जारी भएर २ करोड ५१ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने सुदूरपश्चिम प्रदेशमा ११ हजार ८६८ वटा बीमालेख जारी भएर ७ करोड २६ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । जसले गर्दा मोटर बीमागर्ने क्रम बढ्दै गएको छ ।

निर्जीबन बीमा कम्पनीको बीमाशुल्क आर्जन गर्ने मुख्य आधार मोटर बीमा बन्दै गएको छ । सडक दुर्घटना, बाढी, चोरी लगायतका कारणबाट मोटरमा हुने क्षतिलाई न्यून गर्न मोटर बीमा गर्ने क्रम बढेको छ ।
पछिल्लो समय सडक दुर्घटना हुने क्रम पनि क्रमशः बढ्दै गएको छ । सरकारले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*