एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कुनको कति ?

१५ आश्विन २०८०, सोमबार १६:२२

काठमाडौं ।  एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

एनआइसीले गत आव २०७९र८० को नाफाबाट वितरण गर्ने २९ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि एनआइसीको नयाँ सेयर मूल्य ५९०।३१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एभरेष्टको गत वर्षको नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि एभरेष्टको नयाँ मूल्य ५१४।५५ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै बैंकको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*