सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा बीमा दावी भुक्तानी

१५ आश्विन २०८०, सोमबार १३:३०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आज धनगढी कैलालीमा आयोजीत एक कार्यक्रमकाबीच बीमा दावी वापतको एक लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

बीमित स्वर्गिय अनु राज रानाको बाल समृद्ध सावधिक जीवन बीमा बीमाङ्क रकम एक लाख रुपैयाँको जीवन बीमा गरेका उनले बार्षिक ६ किस्ता वाफत ३६ हजार ७८० रुपैयाँ भुत्तानी गरेका थिए ।

बीमीतको असार २५ गते मृत्यु भएकाले बीमीतको प्रस्तावक उनका बुवा सुरेन्द्र रानालाई बीमाङ्क र बोनस गरी जम्मा एक लाख १९ हवार रुपैयाँको चेक रकम कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले हस्तान्तरण गरेका थिए ।

साथै उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिीती रहेको उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*