नेप्सेमा झिनो अंकको सुधार, एघार उपसूचकमा हरियाली

१५ आश्विन २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार भएको छ ।

आज ११ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकीका २ उपसूचकमा रातो पोतिएको छ । आज होटल तथा पर्यटन ०.९२ र उत्पादन तथा प्रशोधन उपसूचक ०.०९ प्रतिशतले घटेका छन् । विकास बैंक उपसूचक १.३३ र म्युचुअल फण्ड उपसूचक १ प्रतिशतले बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*