प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
१५ आश्विन २०८०, सोमबार १०:३३
काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ । बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।