सानिमा रिलायन्स लाइफको मिर्चैया शाखामा एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन
१४ आश्विन २०८०, आईतवार १८:०६
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन गरेको छ । कम्पनको मिर्चैया शाखा कार्यालयले उक्त तालिम सञ्चालन गरेको हो ।
कम्पनीको मिर्चैया शाखाले एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन गरी अघिल्लो महिनाहरुमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको छ । क्षेत्र प्रमुख जय देव गौतमको सभापतित्वमा आयोजित सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठ रहेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण मिर्चैया शाखा प्रमुख कृष्ण कुमार गुप्ताले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अभिकर्ताहरुलाई विभिन्न मार्केटिङ टेक्निक बारेमा प्रशिक्षण गराएका थिए