कर्णाली प्रदेशमा कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

१४ आश्विन २०८०, आईतवार १७:४५

काठमाडौं । कर्णाली प्रदेशमा कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्र,वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा नेपाल बीमा प्राधिकरण र कर्णाली प्रदेश कार्यालयको समन्वयमा असोज ९ गते देखि ११ गते सम्म वीरेन्द्रनगर, सुर्खेतमा उक्त तालिम सम्पन्न भएको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषि तथा पशु प्राविधिकहरु सहभागी उक्त तालिमको उद्घाटन नेपाल बीमा प्राधिकरण,कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख पदम प्रसाद सोडारीले गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको जारी कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका,२०७९ मा व्यवस्था भएको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको पाठयक्रममा आधारित भएको उक्त तालिमबाट विभिन्न जिल्लाका १९ जना सहभागीहरु कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको इजाजत लिन योग्य भएका छन् ।

May be an image of 9 people and people studying

May be an image of 7 people, people studying, table and television

May be an image of 7 people, people studying, table and text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*