एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

१५ आश्विन २०८०, सोमबार ०५:२४

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै बैंकले मंगलबार भोलि (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकका लगानीकर्ताहरुले लाभांश हात पार्नका लागि शेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ ।

सोमबारसम्म कायम सेयरधनीले मात्र दुवै बैंकको लाभांश हात पार्न सक्नेछन् । एनआइसी एशिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले ३०।५२ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।

बैंकले गत वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५२ प्रतिशत नगद गरी कुल ३०।५२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

एभरेष्ट बैंकले सभा प्रयोजनका लागि असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ ।

बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १० प्रतिशतबोनस सेयर र १०।५३ प्रतिशत नगद गरी कुल २०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*