प्रभु महालक्ष्मी लाइफ र मध्यस्थकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ आश्विन २०८०, आईतवार १६:३६

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखा कार्यालयले बीमा मध्यस्थकर्ताबीच शनिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि ट्रेनिङ्ग डभेलपमेन्ट प्रमुख प्रशान्तराज धमला, विशेष अतिथि मधेश प्रदेशका उप–क्षेत्रीय प्रमुख एल. बि. थापा मगर र अतिथिहरुमा सिनियर एजेन्सी म्यानेजर सीता शरण महतो, कौशिल्या कुमारी महतो, राज कुमार महतो, रोहन घतानी, नारायण मण्डल लगायत सकृय अभिकर्ताहरु १३० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ट्रेनिङ्ग डभेलपमेन्ट प्रमुख प्रशान्तराज धमलाले बीमा मध्यस्थकर्ताहरुले बीमा पेशालाई समाज सेवाका रुपमा लिएकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले जीवन बीमाको महत्वबारे जानकारी दिदै बीमा मध्यस्थकर्ताहरुले राज्यलाई कर मार्फत गर्ने योगदान समेत प्रष्ट पारेका थिए ।

विशेष अतिथि मधेस प्रदेशका उपक्षेत्रीय प्रमुख एल. बि. थापाले स्वागत मन्तब्यको साथै मासिक इन्सेन्टिभ र बार्षिक स्कीम बारे प्रकाश पारेका थिए । उनले उपस्थित सबैलाई नयाँ जोश जागरका साथ काम गर्न उत्प्रेरित गरेका हुन् ।

उक्त कार्यक्रम जनकपुर उपमहानगरपालिका वडा न.४ स्थित नेपाल बार एसोसिएसनको हलमा भएको थियो । जनकपुर शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रमको संचालन जनकपुर शाखा कार्यालय प्रमुख राम वरण मण्डलले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*