सिटिजन लाइफ र एनआईसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?
१४ आश्विन २०८०, आईतवार १५:०५
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३ दशमलव २० अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ ।
शेयर बजार दोहोरो अंकले घटेसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा आएको सिटिजन लाइफको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज कुल १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसका साथै, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख रुपैयाँ, सन नेपाल लाइफको छ करोड तीन लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको पाँच करोड ४० लाख र शिवम् सिमेन्टको चार करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।