नेप्सेमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्मे
१४ आश्विन २०८०, आईतवार १५:०६
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३३ अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा ६७ लाख २३ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजारको कारोबार भएको छ । आज १० कम्पनीको शेयरमूल्य बढ्दा २२० कम्पनीको शेयरमूल्य घटेको छ ।
आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स उपसूचक २.१७ प्रतिशतले घटेको छ ।