सुन तस्करीको जरो पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन

देख्ला त ? जाँचबुझ आयोगले विमानस्थलभित्र निजी सेक्युरिटी गार्ड
१४ आश्विन २०८०, आईतवार १४:१०

काठमाडौंं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबिनका लागि पोखरा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कायम मुकायम मुख्य न्यायाधीश आचार्यको संयोजकतवमा ४ सदस्यीय आयोग बनाउने निर्णय गरेको हो ।

सुन तस्करी प्रकरणमा संलग्नहरुबारेको छानविन अधिकारप्राप्त सुरक्षा निकायहरुले जारी नै राखेका छन् । यो आयोगले के कति नीतिगत वा प्राविधिक कमजोरीले सुन तस्करीका घटनाहरु भइरहेका छन् भन्नेबारे खोजविन गर्ने बताइएको छ ।

नेपाल प्रहरी, राजश्व अनुसन्धान तथा केन्द्रीय अनुसन्धान व्यूरोलगायतले गरिरहेको छानविन भन्दा बाहेक नीतिगत कमिकमजोरीबारे आयोगले अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने गरी टिओआर दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रहरी र केन्द्रीय अनुसन्धान व्युरोले ब्रेक सु’मा लुकाइ ल्याएको भनिएको सुन प्रकरणमा संलग्न २९ जनामाथि कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिसकेको छ भने यसै प्रकरणमा अन्य थुप्रै व्यक्ति फरार रहेको बताइएको छ ।

सुन प्रकणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी कृष्णप्रसाद पंगेनीका अनुसार विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा अहिलेसम्म एउटा मात्रै मुद्दा गएको छ । यसमा अन्य पाटाहरु समेत खुल्ने क्रममा छन्। उनले भने, ‘उदाहरणका लागि दोलखा पुगेको भनिएको सुन समेत यसै प्रकरणमा जोडिएको छ ।’ आयोगको छानविनपछि अन्य विषय समेत खुल्ने पंगेनीले बीमापोष्टलाई बताए ।

बीमापोष्टले त्रिभुवन विमानस्थलभित्र देखिएका नीतिगत कमजोरी केलाउँदै शुक्रबार मात्रै विमानस्थभित्र निजी सेक्युरिटी कम्पनीका गार्ड प्रवेशको समाचार प्रकाशन गरेको थियो ।

यो पनि पढ्नुहोस्

‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*