मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
१४ आश्विन २०८०, आईतवार १२:०६
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।