नेपाल आयल निगममा आधा दर्जन राजनीतिक नियुक्त, थप कर्मचारी नियुक्त गरिँदै

१४ आश्विन २०८०, आईतवार ११:२७

काठमाडौं । नेपाल आयल निगमले आधा दर्जन कर्मचारीहरु नियुक्त गरेको छ । निगमबाट प्राप्त सूचना अनुसार हालैमात्र राजनीतिक आस्थाका आधारमा छ जना प्राविधिक कर्मचारीहरु नियुक्त गरिएको हो ।

नेपाल आयल निगमले राजनीतिक रुपमा एउटा पार्टीका नेताको सचिवालयमा काम गरिसकेका व्यक्तिलाई प्राविधिक भनेर नियुक्ती दिएको हो । छ जना कर्मचारी नियुक्त गर्दा नेपाली कांग्रेस समर्थित कार्यकर्ताहरु नियुक्त गरिएको छ ।
निगमले आगामी दिनमा माओवादी, समाजवादी र कांग्रेसको कोटाबाट थप करारमा कर्मचारी नियुक्ती गर्ने प्रक्रिया अघि बढाएको छ । आकर्षक तलव सुविधा हुने निगममा नियुक्त लिन विभिन्न व्यक्तिहरुले राजनीतिक फेर समातेर पहल गरिरहेका छन् ।

नेपाल आयल निगमका प्रबक्ता मनोज ठाकुरले करारका सबै पदहरु पूरा भएकोले नयाँ नियुक्ती गरिएको विषय जानकारी नभएको बताए ।
नयाँ कर्मचारी भर्ना गर्न लागिएको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा नेपाल आयल निगमका अध्यक्ष मधुकुमार मरासिनी केही बताउन चाहेनन् । मरासिनी महालेखा परिक्षकको कार्यालयमा नियुक्त लिने अन्तिम तयारीमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*