नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख बढी कित्ता सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन पाउने

१४ आश्विन २०८०, आईतवार ११:१०

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले एक लाख ९९ हजार ९९९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

खरिद आवेदन चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*