जन्मदिनमा छोरीले दिइन् आमालाई सिटिजन लाइफको बीमालेख उपहार
काठमाडौं । जन्म दिनको अवसरमा कृति बिकले आफ्नी आमा कुमारी बिकलाई बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा पोलिसी उपहार दिएकी हुन ।
४ वटा अतिरिक्त सुबिधा सहितको सिटिजन जीवन सारथी योजनामा बीमा अवधि समाप्तीमा बिमाकं रकम र बोनस रकम एकमुस्ट पाइने र त्यसपछी पनी कुनै पनी बीमाशुल्क भुक्तानी नगरी ९० बर्षको उमेरसम्म जोखिम बहन गर्ने र ७० बर्षको उमेर पछी प्रत्येक ५—५ बर्षमा ९० बर्षको उमेर सम्म सर्भाइबल बेनिफीट बापतको रकम भुक्तानी गर्ने योजना हो ।
थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको मध्यले बचत सङ्ग–सङ्गै आफ्नो जीवनमा आइपर्ने जोखिम समेत बहन गर्ने र बुढेसकालमा पनी रकम पाइने भएकाले सिटिजन जीबन सारथी योजना छनोट गरेको छोरी कृर्ति बिकले बताइन् ।