साँग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
३ कार्तिक २०८०, शुक्रबार १८:१३
काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंककले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३ प्रतिशत नगद गरी कुल ५।२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।