अधिकांश विकास बैंकहरुको शेयरमूल्यमा गिरावट, कतिमा पाइन्छ शेयर किन्न ?
४ कार्तिक २०८०, शनिबार ०९:००
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ओरालो लाग्दा अधिकांश विकास बैंकहरुको शेयमूल्य पनि घटेको छ ।
बिहीबार विकास बैंक परिसूचक ९।२६ अंकले घटेर ३ हजार ६६३ को विन्दुमा कायम भएको छ । विकास बैंकमा गिरावट आउँदा विकास बैंक उपसूचक पनि ०।२५ प्रतिशले घटेको हो ।
बिहीबार विकास बैंक सेक्टरबाट कुल १५ विकास बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये ७ विकास बैंकहरुको शेयरमूल्य बढेको छ भने बाँकीका ८ वटा विकास बैंकहरुको शेयरमूल्य भने घटेको छ ।
विकास बैंकहरुको शेयर न्यूनतममा २२७ रुपैयाँदेखि अधिकतममा ४०६ रुपैयाँसम्म किन्न सकिने भएको छ ।