एनआईसी एशिया बैंकको थप १ शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पञ्चकन्या शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
बैंकले पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ घले भन्ज्याङ्ग नुवाकोटमा सञ्चालनमा रहेको शाखा कार्यालयलाई सोमबारदेखि सञ्चालन हुने गरी सोही गाँउपालिकाको वडा नम्बरमा ३ मा (साविकको स्थानबाट करिब ३ सय मिटर उत्तरतर्फ) स्थानान्तरण गर्ने भएको छ ।
बैंकले आज एक सूचना प्रकाशित गरी शाखा कार्यालय स्थानान्तरण गर्ने जानकारी दिएको हो ।