सानिमा इक्विटी फन्डको नगद लाभांश डिम्याट खातामा जम्मा
२३ आश्विन २०८०, मंगलवार १०:५२
काठमाडौं । सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।
फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले कर सहित १८% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।